माधव नेपाललाई कोरोना सङ्क्रमण

    images

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

    हिजो गरिएको परीक्षणमा उहाँलाई कोरोना सङ्क्रमण देखिएको हाे। अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

    सङ्क्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

      शुक्रबार​ २७ साउन २०७९ १२:०३ PM मा प्रकाशित

      प्रतिक्रिया