×

पाँचवटा राजनीतिक दलका नेताहरुले एक सहमति पत्रमा हस्ताक्षर

images


काठमाडौं । नयाँ सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अघि बढाउन पाँचवटा राजनीतिक दलका नेताहरुले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित राष्ट्रियसभामा सत्तापक्षका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धनलाईलाई प्रभावकारी रुपमा अघि बढाउन नेकपा एससहित पाँचवटा पार्टीबीच लिखित सहमति भएको जानकारी दिए।
मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने भएको भन्दै यसअघिको गठबन्धनबाट अपेक्षित उपलव्धि हासिल नभएकाले नयाँ गठबन्धनसहितको सरकार बनेको उनको भनाइ थियो ।
नयाँ सहमतिपत्रमा माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, नेकपा एसका माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

मङ्गलबार २८ फागुन २०८० ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया