×

नेपालद्वारा यूएई समक्ष २४९ रनको चुनौती

images


काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ थालेको नेपालका कप्तान रोहित पौडेल र मध्य क्रमका ब्याटर आरिफ शेखको ८६ रनको साझेदारी गरेपछि नेपालले यूएईलाई २ सय ४९ रनको चुनौति दिएको हो । 

शीर्ष क्रमका तीन ब्याटरलाई सस्तैमा गुमाएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहित पौडेलले आरिफ सँग छैटौँ विकेटका लागि ८६ रनको साझेदारी गरेका हुन् । कप्तान पौडेलले सर्वाधिक ७७ रन बनाए । रोहितले आर्यन अफजल खानको बलमा क्याच आउट हुनु अघि, १ सय १२ बल खेल्दै ९ चौका प्रहार गरेर ७७ रन जोडेका हुन् ।

आरिफ ५२ बलमा ५ चौकासहित ४३ रन बनाएर पेभिलियन फर्किए।  त्यस्तै भीम सार्की ३७ बलमा ४ चौकाको मद्दतमा २९ रन बनाएर आउट भए ।
गुलसन झा र दिपेन्द्रसिंह ऐरीले बिष्फोटक ब्याटिङ गरे ।  गुलसन ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर बोल्डआउट हुदाँ दीपेन्द्रले १९ बलमा २ छक्का र ३ चौकासहित ३४ रनको विष्फोटक इनिङ खेले ।

यूएईका रोहन मुस्तफा, आर्यान अफजल खान, जहुर खान र जावर फरिदले दुई–दुई विकेट दिए । त्यस्तै आर्यन लाक्रा र जुनाइद सिद्धकीको नाममा समान एक विकेट रह्यो । 

आइतबार​ २८ फागुन २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया