×

अध्यक्ष राजेशबाबुले खेलाडीलाई नगदले सम्मान गर्ने

images

थाईल्याण्डको फुकेतमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट नगदले सम्मान गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए ।


अध्यक्ष श्रेष्ठ बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टसे फेडेरेशनका साइन्स एण्ड रिसर्चका अध्यक्ष, एशियन शारीरिक सुगठन फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष एवं दक्षिण एशियाली महासंघका अनररी लाइफटाईम अध्यक्ष समेत हुन् ।

च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले रजत र पुरुष ६५ केजी तौलमा प्रज्वलमान शाक्यले कास्य पदक प्राप्त गरेका थिए । 

आइतबार​ २५ मंसिर २०७९ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया