काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम बुझाएको छ।
शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको हो।
जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिकमा परेका छन्।
जसपासहित राष्ट्रिय दल बनेका सात पार्टीले शनिवार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका थिए।
प्रतिक्रिया