नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

    images

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।

    अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।   

    साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर मैले नेपाली राष्ट्रिय फुटबल टोलीको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । ’ 

    उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।  उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

      आइतबार​ २६ भदौ २०७९ ०४:४७ PM मा प्रकाशित

      प्रतिक्रिया