×

केपी ओलीकाे संयाेजकत्वमा एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन

images

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले भदौको ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

बिहीबार २६ साउन २०७९ ०६:१३ PM मा प्रकाशित

प्रतिक्रिया