×

वैसाख २८ गते बुधबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यावसायिक क्षेत्रमा गरिएको लागानीबाट आउने आम्दानिले भबिश्यको लागी भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारको शिलशिलामा छोटो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ । तरपनि उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमा नै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा दाजुभाईबाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा सापटी दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृड हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनी हुनेछ भने राजनीतिक यात्रा सफल रुपमा अगाडी बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । तरपनि सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडहिरुका लागी समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अवसरहरुलाई सदुयोग गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुची बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

रुपैयापैसा लेनदेन तथा सापटी लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदमहरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारी साधन चलाउदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउने समस्याले व्यापार व्यावसायमा लगानी गर्ने वातावरण खस्केर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार तथा यात्रासँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

बुधबार २८ बैशाख २०७९ ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया