×

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार-२०७८ घोषणा 

images

पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।  संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार-२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन् । यसका साथै विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानको छाता भित्र रहेर प्रदान गर्ने  पुरस्कारको पनि घोषणा गरेको  छ ।

जस अन्तर्गत "तिल कुमारी खड्का स्मृति पुरस्कार" भगिरथी श्रेष्ठ; "निल-गङ्गा भाषा साहित्य पुरस्कार"- प्रा. डा. योगेन्द्र यादव; "पद्य्मावती गीत संगीत पुरस्कार"; गायक  लोचन भट्टराई;  "शुक्रमन्दिर लोक साहित्य पुरस्कार" ;  संगीतकार वादल लिम्बू;  "मुना स्मृति आख्यान पुरस्कार"; साहित्यकार बि. के. पाल्पाली; (मरणोपरान्त) "कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार; गीतकार तथा गायक सुरेश शाही;  "परममाया/कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार" भाषाविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कार छनौट समितिले भिन्न भिन्न विधामा प्रस्ताव गरेका  तिन तिन वटा प्रस्तावित नाम मध्य एक एक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले बताए । यस्तै गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट  योगदान पुर्याउने एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायक ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान कथाकार मन्दिरा "मधुश्री "लाई प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कार छनौटको लागि निश्चित माप दण्ड र कार्यविधि प्रतिष्ठानको कार्यसमितिले तय गरेको थियो ।  सोही माप दण्ड र कार्यविधि भित्र बसेर नै पुरस्कारको लागि  सिफारिस गरिएको छनौट समितिका संयोजक तथा प्रतिष्ठानका सचिव टि. एन. भट्ट "विश्वामित्र" बताउँछ्न् । उल्लेखित पुरस्कार, सम्मान तथा मानार्थ सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको दिन प्रदान गरिने छ । चैत २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम गरिने कार्यक्रम संयोजक राजबाबु श्रेष्ठ "सागर"ले बताए ।
 

पुरस्कारको स्थापना निम्न संस्था तथा व्यक्तिले गरेका हुन् ।
१) पुष्पपराग बर्ष सम्मान पुरस्कार
-पुष्पपराग साहित्य प्रतिष्ठान
२) तिलकुमारी खड्का स्मृति पुरस्कार
- प्रेमबहादुर खड्का 
३) निलगङ्गा भाषा साहित्य पुरस्कार
-टि. एन. भट्ट "विश्वामित्र"
४) पद्मवती गीत/संगीत पुरस्कार
-प्रजापति तिमल्सिना 
५) शुक्र मन्दिर लोक साहित्य पुरस्कार
-प्रेम राई "परिक्षित"
६) मुना स्मृति आख्यान पुरस्कार
-राजबाबु श्रेष्ठ"सागर"
 ७) कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार
- भुवन शिवाकोटी "चौघरे"
 ८) परममाया/कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार
गोपालप्रसाद थपलिया

शुक्रबार​ २७ फागुन २०७८ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया