×

१६ लाख मूल्य पर्ने घडी

images

काठमाडौं । विगत डेढ सय वर्ष देखि विभिन्न विद्युतीय सामाग्रीहरू निर्माण गर्दै आएको कम्पनी लाइकाले पहिलो पटक बजारमा घडी सार्वजनिक गरेको छ । लाइका विश्व बजारमा माइक्रोस्कोप, बाइनोकुलर, रेन्जफाइन्डर, क्यामेरा लगायत अन्य उच्च गुणस्तरीय अप्टिकल लेन्स तथा भएका अन्य उपकरणहरू उत्पादन गर्ने कम्पनीको रुपमा एकदमै चर्चित छ ।

यो पटक भने यो जर्मन कम्पनीले उच्च गुणस्तरीय घडी बजारमा ल्याएको छ । जुन एकदमै सामान्य छ । तर, मूल्यको हिसाबले भने असामान्य नै देखिन्छ । अप्टिकलमा केन्द्रित यो कम्पनीले किन घडिको बजारमा हात हाल्यो भन्ने कुरा आउँदा दिनहरूमा थाहा होला तर स्मार्टवाचको यो समयमा पारम्परिक हिसाबको एनलग घडि कम्पनीको लागि चुनौति नै छ ।

लाइका विलासितासँग जोडिएको एउटा मँहगो ब्रान्ड हो । यसले गर्दा प्रयोगकर्ताले ब्रान्डलाई नै हेरेर घडि प्रति आकर्षित पनि हुनसक्छन् । एल वान र एल टु नाम दिइएको घडि लाइकाकै चर्चित डिजाइनर अचिम हेनले नै डिजाइन गरेका हुन् ।

यसैले गर्दा पनि यो घडिको केही डिजाइनहरू झट्ट हेर्दा लाइकाकै क्यामेराको डिजाइन जस्तो देखिन्छ । यी दुवै घडीहरू स्टिलबाट बनेका छन् । यो घडि हालै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएका घडी मध्य एल वानको मूल्य १० हजार अमेरिकी डलर अर्थात १२ लाख र एल टुको मूल्य १४ हजार अमेरिकी डलर अर्थात १६ लाख ८२ रहेको छ । 

 

शुक्रबार​ २८ माघ २०७८ ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया