×

रोकिएन चिकित्सक माथि हातपातका घटना

images

 
सांसद शाहीले भने ः सुरक्षाकर्मीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ 
काठमाडौ । सांसद ज्ञानेन्द्र कार्कीले सुरक्षाकर्मीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नु पर्ने बताएका छन् । 
राष्ट्रिय प्रजतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं पार्टी प्रवक्ता  ज्ञानेन्द्र शाहीले विज्ञप्तिमार्फत राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ । तर, जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु । साथै, सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,‘यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य र निन्दनीय कार्य हो ।’
शुक्रबार राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनबाट सम्बोधन गरेर फर्किने क्रममा सडकमा आवतजावत रोकेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकलाई अटेरी गरेको भन्दै कुटपिट गरेको थियो । कुटपिटबाट घाइते चिकित्सकको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ ।

गत १४ असारमा पनि ललितपुर आरोग्य प्रतिष्ठानका चिकित्सक डा. कुलबहादुर घिसिङ ट्राफिक प्रहरीबाट कुटिएका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पाँच ट्राफिक प्रहरीलाई कारबाही गरेको थियो । ट्राफिक जवान राजेन्द्र थापाले डा. घिसिङलाई कुटपिट गरेका थिए ।
गत ६ कात्तिकमा पनि गोरखास्थित अस्पतालका मेडिकल अधिकृत अविनास पराजुली माथि हातपात भएको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत र वडा नम्वर –३ का २६ वर्षीय प्रमोदजंग कुवँर पक्राउ गरेको थियो । 

त्यस्तै, गत ४ भदौं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका चिकित्सक डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । 
 

शनिबार २८ माघ २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया