×

टस जितेको नेपाल बलिङमा

images

काठमाडौं । अलराउन्डर विवेक यादव र लेफ्ट आर्म स्पिनर सागर ढकाल डेब्यू गरेको खेलमा नेपालले ओमानविरुद्द ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर बलिङ गर्ने भएको छ ।  

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ओमानलाई ब्याटिङका लागि निम्तो दिएका छन् । 


नेपालले विवेक यादव र सागरलाई डेब्यू दिएको हो । युवा अलराउन्डर विवेक यादव आक्रामक ब्याटिङका लागि चिनिन्छन् । उनी  ब्याटिङसँगै तीव्र गतिको बलिङ पनि गर्ने गर्छन् । सागर र विवेकसँगै सन्दीप लामिछानेले पनि कप्तानीमा डेब्यू गर्दैछन् । 

सन्दीप नेपालका लागि कप्तानी गर्ने १०औं कप्तान हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्का, ज्ञानेन्द्र मल्लपछि सन्दीप  तेस्रो कप्तान हुन् ।

शुक्रबार​ २८ माघ २०७८ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया