×

धमिराहरुलाइ अहिले संसारकै उत्कृष्ट अभिभावकरुपमा अनुसन्धानमा खुलासा गरेको छ ।

images

फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार आफ्नो कोलोनीको सुरुवाती जीवनका बेला रानी र राजा धमिरा आमा–बुवाको रुपमा सबैभन्दा कठिन काम गर्छन् ।

फङ्सनल इकोलोजी जर्नलमा प्रकाशित यस शोधले यो विनाशकारी जीवको पछाडि लुकेको निस्वार्थ माता–पिताको व्यवहारबारे जानकारी दिन्छ । स्मरण रहोस्, धमिराले संसारभरीका संरचना क्षती पुर्याएर वार्षिक ४००० करोड डलरको क्षतीका लागि आशिंक रुपमा जिम्मेवार हुन्छ ।

शोधका लेखक तथा यूएफ आइएफएएस फोर्ट लडरडेल रिसर्च एन्ड एजुकेसन सेन्टरमा एन्टोमोलोजीका सहायक प्राध्यापक थोमस चौवेन्क भन्छन्, ‘धमिराबारे कुरा गर्दा वैज्ञानिकहरु अक्सर के सोच्छन् भने यी किरा कम्प्लेक्स कोलोनीमा बस्छन् जहाँ श्रमिकले रानी र राजासमेत सबैको हेरविचार गर्छन् । विकसित कोलोनीमा यस्तै हुन्छ । तर कोलोनी बनाउने बेला नयाँ रानी र राजाले सबैभन्दा राम्रो आमा–बुवाको भूमिका निर्वाह गर्छन् ।’

‘धमिराले आफ्नो कोलोनीको सुरुवात पखेटा भएको दुई धमिरासहित सुरु गर्छ । यी दुई आफ्नो सुरुवाती कोलोनीबाट उड्ने गर्छन्,’ चौवेन्कले भने । यी दुईले एक–अर्कालाई भेटेपछि, आफ्नो पखेटा छोड्छन् र मेटिङका लागि आफूहरुलाई अलग्याउँछन् । त्यसपपछि उनीहरुले आफ्नो नयाँ कोलोनीको सुरुवात गर्ने चौवेन्कले जानकारी दिए ।

नयाँ कोलोनीमा ‘बाइपेरेन्टल’ केयर अर्थात् दुई जीवमाथि नै हेरविचारको जिम्मेवारी हुन्छ । यहाँ पनि यो जिम्मेवारी नयाँ रानी र राजाको काँधमा हुन्छ । तर श्रमिक किरा हुर्कने बित्तिकै कोलोनी ‘एलोप्यारेन्टल’ केयरमा परिवर्तन हुने गर्छ जहाँ साना भाइ–बहिनीको हेरविचार जेठा सन्तानले गर्छन् ।

यो शोधमा चौवेन्कले ४५० भूमिगत धमिरा कोलोनी ९कप्टोटर्म्स० माथि अनुसन्धान गरे जुन आफ्नो सुरुवाती चरणमा थियो । चौवेन्कले बाइपेरेन्टलदेखि एलोपेरेन्ट केयरमा परिवर्तनका बेला रानी र राजामा हुने शारीरिक परिवर्तनको समयको अनुसन्धान गरे । शोधका अनुसार राजा र रानीको जोडीले आफ्नो पहिलो बच्चाको अथक देखभाल गर्छन् । यति धेरै मेहनतकी आमा–बुवा असाध्यै थाक्ने गर्छन् । जब बच्चा काम गर्ने लायक हुन्छन् तब राजा र रानी आफ्नो जिम्मेवारी आफ्ना पहिलो सन्तानलाई दिने गर्छन् ।

बिहीबार २४ कात्तिक २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया