×

दार्चुलाको विद्यालयमा आमसभा गर्ने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

images

निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा आमसभा गर्ने विभिन्न उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थिति  गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितले चुनावी सभा गरेका थिए ।

आयोगले बिहीबार चुनावी सभा आयोजना गरिएको विषयमा  विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी,  त्यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा नेपाली काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ ।

यस्तै आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ ।

बिहीबार २४ कात्तिक २०७९ १०:१८ PM मा प्रकाशित

प्रतिक्रिया