×

आगोले जलेर एक बालकको मृत्यु

images

तनहुँ – तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बिहीबार २४ कात्तिक २०७९ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया