नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो ।
तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा ९एकीकृत समाजवादी० का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभयो । “गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्”, पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश९क० अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा ९माओवादी केन्द्र०बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराउनुभएको छ । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा ९एकीकृत समाजवादी० को पनि उम्मेदवारी परेको छ ।
यसैगरी निर्वाचनको तयारीस्वरुप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको नेकपा ९माओवादी केन्द्र० शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।
बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारी, प्रदेश९क० का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश ९ख०का उम्मेदवार जीतप्रकाश आले, नेपाली कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्ले, नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो ।
प्रतिक्रिया