×

यस्तो छ आज देशभरको मौसम

images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

शुक्रबार​ २४ असोज २०८२ ०६:२८ AM मा प्रकाशित

प्रतिक्रिया