काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा विपक्षी दलहरूको महत्त्वपूर्ण बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ। मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीपहिरोले पुर्याएको क्षति तथा असरबारे साझा धारणा तय गर्न कांग्रेसले यो बैठक आह्वान गरेको हो।
बैठकमा विभिन्न विपक्षी दलका प्रमुख नेता तथा सांसदहरूको उपस्थिति रहेको छ। छलफलमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा, नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल तथा प्रमुख सचेतक युवराज दुलाल, र श्रम संस्कृति पार्टीका नेता ध्रुवराज राईलगायत सहभागी छन्।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार बैठकको मुख्य एजेण्डा रसुवामा बाढीले पुर्याएको क्षति, प्रभावितहरूको राहत तथा उद्धार व्यवस्थापन, र मुलुकको समग्र राजनीतिक घटनाक्रम रहेको छ।
विपद् व्यवस्थापनमा सरकारको भूमिका, पछिल्ला कामकारबाहीको समीक्षा गर्दै संसदभित्र विपक्षी दलहरूले कसरी प्रभावकारी र सशक्त रूपमा सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा बैठकमा गहन छलफल भइरहेको छ। मुलुकमा सिर्जित संकट र विपद्का समयमा एकताबद्ध भई सरकारलाई दबाब दिने र नागरिकको हितमा साझा रणनीति बनाउने उद्देश्यका साथ यो बैठक डाकिएको जनाइएको छ।
प्रतिक्रिया