×

एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

images


पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन् । 

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् । घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पु¥याइएको छ ।  

हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई  जोगाउन  खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए ।

नियमित मर्मतसम्भार नगरिएका  सडक तथा सवारी साधान, सवारी नियमको वेवास्ता, चालकहरूको लापरवाहीका कारण पाकिस्तानमा हरेक दिन घातक दुर्घटना हुने गरेका छन् । 

बिहीबार २५ साउन २०८० ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया