×

यस्ता छन बेसार सेवनका फाइदा

images

काठमाडौं । बेसार प्रत्येकको भान्सामा सहजै उपब्ध छ । बेसारमा अनेक गुणहरू पाइन्छन् । यसले मानव स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खान सकिन्छ । स्वादका लागि नुन पनि मिसाउन सकिन्छ । यसले जुका मार्न मद्दत गर्छ ।

यस्तै अनुहारको दाग हटाउन पनि बेसार उपयोगी छ । बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिसेर पेष्ट बनाएर लगाउँदा अथवा बेसार र दुधको पेष्ट लगाउन सकिन्छ । जसले छालाको रंगमा निखारता आउँछ ।

खोकी लागेको अवस्थामा पनि बेसार उपयोगी हुन्छ । बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नाले खोकीबाट आराम दिन्छ । यस्तै, छालाको अनावश्यक रौँ हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउन सकिन्छ । यसबाट छाला नरम हुन्छ भने शरीरको अनावश्यक रौँ पनि बिस्तारै हट्दै जान्छ ।

घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउँछ । यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ । मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ ।

बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केही यस्ता छन्

- लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ l

- बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।  

- बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

- विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

- पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पुर्‍याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

- मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

- बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

- कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पुर्‍याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

- दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

- बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

- यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

- बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

- धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान-बेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

- १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान-बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

- ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

- डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

- दिसा (पिसाबमा हुने संक्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

-  छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका सामान उत्पादन गर्दा पनि बेसार पर्याप्त मात्रामा प्रयोग गरिन्छ।

- नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

-  हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ। जनै पूर्णिमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

-  बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।

-  सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुन्छ भनिन्छ।

- औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।

बुधबार २७ बैशाख २०८० १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया