सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।
आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर ३५३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया