×

नेविसंघको महाधिवेशन गर्न भन्दै पार्टी महामन्त्री शर्मालाई झण्डा बुझाइयो

images

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीले महाधिवेशन गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीले झण्डा बुझाएका हुन । 

महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई विद्यार्थीले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई झण्डा बुझाएका थिए ।

नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेविसंघ नेतृत्त्वविहीन छ । तर, पार्टी पदाधिकारीको विहीबारको बैठकले ढुंगनाको पदावधि थप्ने तयारी गरेको चर्चा छ । लामो समयदेखि नेविसंघको महाविधेशन भएको छैन । 

यसभन्दा अगाडि विद्यार्थीहरु पार्टी मुख्यालय सानेपामा विधानसम्बत अधिवेशन गर्नुपर्ने भन्दै अननसमेत बसेका थिए । 

‘हामीले ३२ वर्षभन्दा मुनिका पदाधिकारी ल्याउनुपर्छ भन्दै पहिलादेखि नै अनसन धर्ना दिइरहेका थियौ,’ नेता नवराज त्रिपाठीले भने, ‘तर, आजसम्म महाधिवेशन हुननसकेपछि आज झण्डा बुझाएर दबाब दिएका हौं ।

बिहीबार २७ माघ २०७८ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया