×

सत्ता गठबन्धन टिकाइराख्ने नेकपा एमालेको संकल्प

images


काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन टिकाइराख्ने संकल्प गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि नेकपा एमालेले सत्ता गठबन्धन जोगाउन चुनौतीपूर्ण बन्दै गएपछि यसलाई जोगाउने संकल्प गरेको हो । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णयबारे जानकारि गराउदैं गठबन्धनमा विश्वास टिकाइराख्न हिजोका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक भएका कारण पार्टीले शो निर्णय गरेको बताए । 
‘जनतामा बढ्न थालेको निराशालगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’

उनले जसपा र नागरिक उन्मुक्तिलाई ल्याउन छलफल भइरहेको बताउँदैं गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा हुने जनाएका छन् । 
 

शुक्रबार​ २७ माघ २०७९ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया