×

नेपाल–भारत सीमा नाका चार दिन बन्द

images


भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो । 

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।   

बिहीबार २७ माघ २०७८ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया