×

मलेसियामा दुई नेपाली सुरक्षा गार्डको हथौडाले अनुहारमा हानेर हत्या

images

क्वालालाम्पुर। मलेसियाको सेरेम्वान शहरमा दुईजना नेपाली अनुहारमा हथौडाले हानेर मारिएको अवस्थामा फेला परेका छन्। मलेसियाको सेरेम्बानमा रहेको एक रेष्टुरेन्टमा दुई नेपाली सुरक्षगार्डको हत्या भएको छ । डिसेम्बर ३ तारिख अर्थात शनिबार दिउँसो मलेसियाको राजधानी क्लालालम्पुरबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने सेरेम्बानमा रहेको एक रेष्टुरेन्ट परिसरमा  हथौडाले हानेर उनीहरुको हत्या गरिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ । 

ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन्। घटना डिसेम्बर ३ तारिकको हो। साँझ ६ बजेर ४५ मिनेटमा सो घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि सेरेम्बान प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा तीनजना नेपालीमध्ये दुईजना हथौडाले प्रहार गरी अनुहार कुच्चिएर मृत भइसकेको र एकजना सकुशल पाइएएका थिए। तिनै सकुशल पाइएका एक नेपालीलाई घटनास्थलमा भएको हथौडासहित प्रहरीले पक्राउ गरेको छ। मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन। प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यम द स्टारले दुई मृतहरु सुरक्षा गार्डका रुपमा कार्यरत रहेको र उनीहरुको उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।

सो अखबारले घटनास्थलमै पक्राउ परेका नेपाली व्यक्तिको तस्वीर पनि सार्वजानिक गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन गरेको बताएको र मृतकहरुको फरेन्सिक परिक्षण गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको पनि समाचारमा उल्लेख छ ।

शुक्रबार​ २३ मंसिर २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया