×

नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना छ

images

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् ।

रातोपाटीको विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।


‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने ।


भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भएपनि पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले अर्जेन्टिनाले उपाधि जित्नै नै आएको जस्तो देखाएको बताए ।

शुक्रबार​ २३ मंसिर २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया