×

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

images

काठमाडौँ । म्यानचेस्टर युनाइटेड इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति सम्पन्न रोमाञ्चक खेलको ९० मिनेटपछिको इन्जुरी समयमा दुवैले एक एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रयान एमबेउमा र माथिस डि लाइटले एक एक गोल गरेका थिए भने भने टोटनह्यामका लागि माथिस टेल र रिचार्लिसनले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि टोटनह्यामको ११ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ भने म्यानचेस्टर युनाइटेडको ११ खेलमा १८ अंक नै छ र सातौं स्थानमा रहेको छ ।

 

आइतबार​ २४ कात्तिक २०८२ ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया