×

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

images

काठमाडौँ । क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए ।

३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए ।

उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।      

आइतबार​ २४ कात्तिक २०८२ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया