काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने बताएका छन् ।
एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसद पुनर्स्थापना गरेर जाने मात्र सहि विकल्प भएको र यसमा नेपाली कांग्रेस र एमाले यसै अनुसार अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूसँग छलफल हुदा संबिधान नमास्ने र संसद विघटन नगर्ने भन्ने सहमति भएको तर पछि संबिधान मिचेर सरकार बनाइएको र संसद विघटन गरिएको आरोप लगाए ।
ओलीले आफुले सामाजिक सञ्जाल कम्पनिले नेपालको नियम अनुसार कर तिर्नुपर्ने अडान लिएको बताउदै देशमा साग बेच्नेले कर तिर्नुपर्ने तर सामाजिक सञ्जाल चलाएर कमाउनेले तिर्नुनपर्ने भन्दै प्रश्न गरेका छन् ।
ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि देशलाई ध्वस्त बनाउने अपराध क्षम्य नहुने बताएका छन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए ।
ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।
ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए । ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।
प्रतिक्रिया