×

(नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो  अंकले बढेको छ

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो  अंकले बढेको छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब

७६ विन्दुमा पुगेको छ । बिहिबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको थियो ।

बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएकोे थियो । बजारमा कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दाबढिले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज १८ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आइतबार​ २४ असार २०८० ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया