×

उद्घाटन भएको एक महिनापछि पायो सिन्धुपाल्चोक एमालेले जिल्ला अध्यक्ष

images

काठमाडौँ  नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्ष कमल नेपाल भएका छन् । नेकपा एमालेको अध्यक्ष छान्न गठन गरेकाे अध्यक्षमण्डलले नेपाललाई अध्यक्ष बनाएको छ । 

जिल्ला अधिवेशन उद्घाटन भएको एक महिना भन्दा बढी भएपछि एमालेले जिल्ला नेतृत्व पाएको हो । उपाध्यक्षमा रामचन्द्र बस्नेत ,सचिवमा बिस्णुमणी आचार्य ,उपसचिवद्वयमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भएका छन् । 

निर्वाचनमा नजाने भन्दै सर्वसम्मत अध्यक्ष चयनका लागि एमालेले अध्यक्षमण्डलको चयन गरेको थियो । अध्यक्षमण्डलमा शेरबहादुर तामाङ, अरुण नेपाल, सरेश नेपाल र अशोक चौलागाईं रहेका थिए । लामो रस्साकस्सीपछि एमाले सिन्धुपाल्चोकले जिल्ला कार्यसमिति पाएको हो ।

 

बुधबार २६ माघ २०७८ ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया