×

असई कार्कीले गरे चार महिने छोराको घाँटी रेटेर हत्या

images

 काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् ।

आइतबार साँझ धारिलो हतियार प्रहार गरेर बच्चाको हत्या गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की फरार भएका थिए । जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । उनले छोराको हत्या गरेर श्रीमतीलाई पनि कुटपिट गरेर उनी फरार भएका थिए ।

असई कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार २३ मंसिर २०८२ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया