×

शिल्पा र उनका पति राजले विदेश यात्रा गर्न चाहेमा ६० करोड जम्मा गर्नुपर्ने

images

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ ।

भारतको लाइभ लको रिपोर्टका अनुसार, बम्बई उच्च अदालतले लुकआउट सर्कुलर रद्द गर्न माग गरिएको निवेदनको जवाफमा बुधबार यो आदेश दिएको हो । अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई लस एन्जलस वा अन्य देशहरूमा यात्रा गर्न चाहेमा ६० करोड भारु जम्मा गर्न निर्देशन दिएको छ ।

कथित ६० करोड ठगी मुद्दा बारे जारी गरिएको लुकआउट सर्कुलर रद्द गर्न दम्पतीले उच्च अदालतमा निवेदन दिएपछि अदालतको यो निर्देशन आएको हो ।

लुकआउट सर्कुलर भनेको सरकारले अपराधको आरोप लागेका व्यक्तिहरूको आवागमन नियन्त्रण र प्रतिबन्ध गर्न प्रयोग गर्ने कानुनी उपकरण हो । यो उनीहरू देशबाट भाग्न नपाउन भन्ने सुनिश्चित गर्ने एक कानुनी तरिका हो । केही अवस्थामा, यो विशेष परिस्थितिहरूमा साक्षीहरूको लागि पनि प्रयोग गरिन्छ ।

शिल्पा र राजले मुम्बईका व्यापारी दीपक कोठारीको ६० करोड ठगीको आरोप लागेको छ । एक कम्पनीमा लगानीको सिलसिलामा दीपक कोठारीको सो रकम दुवैले हड्पेको आरोप रहेको छ ।

बुधबार २२ असोज २०८२ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया