दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

    images

     दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

    गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

    दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

      सोमबार २३ साउन २०७९ ०१:२९ PM मा प्रकाशित

      प्रतिक्रिया