×

युएईमा श्रीवैष्णवी हरुले धार्मिक प्रवचन कार्यक्रम मनाए

images

फलेन्द्र मगर / युएई संवाददाता 
अगस्ट ८ तारीख युएई को सिन्ध पञ्जाव रेस्टुरेन्टमा एक धार्मिक कार्यक्रमको आयोजना गरि हिन्दु धर्मावलम्बीले विविध प्रवचनका साथ भजन किर्तन गरेर मनाए। जननी जन्म भुमिष्च स्वर्गपी गरियसी । वेद , संस्कृत , कला ब्राह्मण , गौ , स्त्री , शास्त्र र देशको रक्षा गर्नु नै सनातन हिन्दु धर्मावलम्बीहरु को कर्तव्य हो भन्ने मुल मन्त्र का साथ कार्यक्रम आयोजना गरि मनाएको हो । 

\

श्री वैष्णव धर्म मान्ने हरु को नि मुलभुत लक्ष्य यहि  नै हो तसर्थ , सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज  अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः मेरो सरन मा आउने को म जहिले  रक्षा गर्छु भन्ने  श्रीमद भगवत गीता को अन्तिम उपदेश लाई आधार मानेर नै श्री वैष्णव सम्प्रदाय बनेको हो । त्यहीँ  सम्प्रदाय स्वीकार गरेर श्री वैष्णव परिषदहरु भएका हुन् ।

युएईमा  रहनु हुने सबै श्री वैष्णव हरु को तथ्यांक संकलन गरि श्री वैष्णवहरु को सामुहिक भगवान को सेवा पुजा, आराधना , अर्चना, बन्दना, मन्त्र उच्चारण, आरती भजन गर्दा मन मा झन् आनन्द आउछ भन्ने उदेश्य का साथ श्री  वैष्णव परिषद युएई  ले यस्ता आध्यात्मिक कार्यक्रम हरु सुरुवात गर्न लागेको हो।  

संस्कृत र आधुनिक शिक्षा  पारङ्गत भएका विद्वान  गुरुहरु रहनुभएको परिषद मा उहाँ हरु कै अग्रसरतामा श्रीबैष्णव परिषद युएई गठन भई अगस्ट -६ तारीख  आइतबार सिन्ध  पन्जाब रेस्टुरेन्ट वर दुबईमा  सामुहिक पुजा अर्चना र ध्यान सत्सङ  कार्यक्रम  उत्साहजनक भक्तजन  हरुको उपस्थित मा सम्पन्न भयो ।

 

आगामी दिनहरूमा पनि  यस्तै यस्तै कार्यक्रमहरु आयोजना गर्न भक्तजन हरुको सुझाव र सल्लाह  थियो । भक्तजन हरु को सुझाव र सल्लाह लाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि यस्तै बृहत धार्मिक कार्यक्रम हरु गर्दै जाने योजना रहेको श्री बैष्णव परिषद युएईका अध्यक्ष ले बताउनुभयो।

भगवान सेवाको  अर्चक को रुपमा नारायण रामानुजदास ले गर्नुभएको थियो भने श्रीबैष्णव परिषद युएई को गठन बारे सनातन धर्म बारे सम्पत रामानुज्दास ले भक्तजन हरु माझ जानकारी गराउनु भएको थियो ।

त्यसै गरि ध्यान, वेद गिता साथै भागवत गीताको संक्षिप्त सार वैष्णवी परिषद अध्यक्ष अमृत स्वामी जि ले जानकारी गराउनु भयो । त्यसै गरि परिषद को आगामी कार्य योजना बारे परिषद उपाध्यक्ष अन्जली आमाजी ले जानकारी गराउनु भयो ।

कार्यक्रम मा हिन्दु जागरण अभियान युएई अध्यक्ष र गौ संरक्षण युएईका  अध्यक्ष लगायत ले धार्मिक र सनातन हिन्दु धर्मको बारेमा आ आफ्ना प्रवचन सुनाएका थिए । कार्यक्रममा युएई मा रहनु हुने विभिन्न सामाजिक र राजनीतिक व्यक्तित्व  हरुको बाक्लो उपस्थिति रहेको थियोे । श्रीवैष्णव परिषद युएईका महासचिव मणि रामानुजदास खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

मङ्गलबार २३ साउन २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया