×

थप ९ सय ३४ जनामा काेराेना पुष्टि, ४ सय ७० जना निकाे

images

 पछिल्लो २४ घण्टामा नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा नौ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार ६ सय ८६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ३२ हजार पाँच सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

सोमबार २३ साउन २०७९ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया