×

आईसीसी विश्वकप लिग २ - स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

images

काठमाडौं । आईसीसी विश्वकप लिग २ को स्कटल्यान्ड सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ । स्कटल्यान्डको डन्डीस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेट गुमाएर ३२३ रन बनायो ।

उसका लागि कप्तान रिची ब्रिङटनले १०२ रन बनाए भने माइकल लिस्कले विस्फोटक ब्याटिङ गर्दै नटआउट ६२ बलमा ९६ रन बनाए । यस्तै ओपनर चार्ली टियरले ६५ बलमा ६८ रन बनाए । अन्तिम मार्क वाटले ९ बलमा नटआउट २१ रन बनाए । उनले ५० औँ ओभरमा करण केसीलाई लगातार तीन छक्का प्रहार गरेका थिए ।

नेपालले अन्तिम पाँच ओभरमा ६६ रन दिएको थियो । नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लिग २ मा १४ खेल खेलेको नेपाल १० अंकसहित सातौंमा छ । स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ ।

लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।

आइतबार​ २६ जेठ २०८२ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया