×

जेठ ३ गतेदेखि बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

images

 सरकारले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । 

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते  मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो । पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।

आइतबार​ २५ बैशाख २०७९ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया