आगलागीबाट वृद्धा गम्भीर घाइते

    images

     

    बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिनुभयो । खाना पकाइसकेपछि भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

    घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।

      शुक्रबार​ २१ असोज २०७९ ०३:३४ PM मा प्रकाशित

      प्रतिक्रिया