काठमाडौँ । जारी महिला विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको २३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४०.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाको दोस्रो खेलमा यो पहिलो जित हो भने न्यूजील्याण्डले अहिलेसम्म खेलेका आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।
जारी विश्वकपमा आज बंगलादेश र इङल्याण्डबीच खेल हुदैछ ।
प्रतिक्रिया