काठमाडौँ । विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको महिला एकलको उपाधि जितेकी छन् । साबालेन्काले फाइनल खेलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराएर वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी हुन् ।
बेलारुसकी साबालेन्काले फाइनलमा ६-३, ७-६ (७-३) ले जित हासिल गरेकी हुन् । खेल जितेपछि साबालेन्का भावुक भएकी थिइन् । यस वर्ष उनले दुई ग्रान्ड स्लाम फाइनल खेलमा हार बेहोर्नुपरेको थियो । गत वर्ष पनि साबालेन्काले यूएस ओपनको उपाधि जितेकी थिइन् ।
२७ वर्षीया साबालेन्काले यस वर्षको अन्तिम ग्रान्ड स्लाममा उत्कृष्ट प्रदर्शन गरेर आफ्ना आलोचकहरूलाई जवाफ दिएकी छिन् । यो साबालेन्काको चौथो ग्रान्ड स्लाम एकल उपाधि हो ।
प्रतिक्रिया