×

मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष डे हुनको शिष्टाचार भेटवार्ता 

images


दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले

शिष्टाचार भेटवार्ता गरेका छन् । 

सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा सेमाउल मोडललाई नेपालमा पनि विस्तार गर्ने सम्बन्धमा कुरा भएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सेमाउल जनताको आफ्नै श्रम र सहभागितामा न्युन लगानीमा नमूना गाउँ निर्माण गर्ने एउटा विशेष खालको मोडल हो । 

भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमूना गाउँ निर्माणका लािग समोउलमार्फत् आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । जनताको जागरुकता र जागरणमा नमूना गाउँ निर्माण गर्ने आफूहरुको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताए । 

मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत् अपिल गरेका छन् । “सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु” मन्त्री मोदीले भने, “सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमूना गाउँ निर्माण गर्ने यो अभियानको थप विकास र विस्तारमा हामी सदैव यहाँहरुसँगै रहनेछौँ ।”

सेमाउल मोडल नेपालजस्तो मुुलुकको लागि प्रेरणाको स्रोत भएको समेत मन्त्री मोदीको भनाई थियो । 


 

शुक्रबार​ २२ असार २०८० ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया