×

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ माओवादीका विद्यायर्थी नेता अर्जुन थापा सिफारिस

images

काठमाडौँ । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट नेकपा माओबादीका विद्यायर्थी नेता अर्जुन थापा सिफारिस भएका छन् । नेकपा  माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेद्धारका लागी विद्यायर्थी नेता अर्जुन थापा सहित अन्य १६ जनाको नाम सिफारिस गरेको हो । 

प्रदेशसभा क्षेत्र (ख) बाटै चन्द्रबहादुर बुढाथोकी र रेशम जुग्जालीको नाम पनि सिफारिस भएको छ् ।  म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा समानुपातिक तर्फ गौरी सेञ्चुरी, टेकबहादुर बिक, सुकमाया रोका र यामन रोका सिफारिस भएका छन् । 

प्रतिनिधिसभा सदस्यमा संबिधान सभा सदस्य, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, केन्द्रिय सल्लाहकार तथा पूर्ब जिल्ला अध्यक्ष चन्द्र बहादुर घिमिरे र प्रदेश कमिटि सदस्य खुमनाथ सुबेदीको नाम सिफारिस भएको छ । 

प्रतिनिधिसभा समानुपातिकमा कृष्णबहादर थापा र योजना आयोगका पूर्ब उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ सिफारिस भएका छन्  । 

यस्तै प्रदेशसभाको क्षेत्र (क) बाट धनलाल जैसी र हरी भण्डारीको नाम सिफारिस भएको छ् । समानुपातिक तर्फ बागबिर पाइजा र राजकुमारी परियार सिफारिस भएका छन् । 

मङ्गलबार २१ भदौ २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया