×

अस्पतालको क्यान्टिनमै कुहिएको मासु र गलेका खानेकुरा विक्री

images

भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ ।

भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ । 

क्यान्सर अस्पतालको सुप्रिमु रेस्टुरेन्ट एण्ड मःमः हाउसले म्याद नाघेका चामललगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहोर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ ।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा फोहोर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरु, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताबिना नै सञ्चालनमा रहेकोले पाइएको अनुगमन टोलीलले जनाएको छ । 

मङ्गलबार २१ भदौ २०७९ ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया