काठमाडौँ । विश्व नम्बर दुई टेनिस खेलाडी कार्लोस अल्काराजले ३८ वर्षीय नोभाक जोकोभिचलाई हराउँदै फेरि एक पटक युएस ओपनको फाइनलमा स्थान बनाएका छन् ।
२२ वर्षीय स्पेनी युवा खेलाडी अल्काराजले २४ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचलाई कडा टक्कर दिदै ६-४, ७-६ (७-४), ६-२ को सेटमा जित हासिल गरेका थिए ।
पहिला दुई सेट धेरै कठिन थिए, तर तेस्रो सेटको सुरुमा सर्बियाली खेलाडी जोकोभिचले थकानसँग संघर्ष गर्न थाले र खेलको अन्तर बढ्यो ।
२०२२ को च्याम्पियन अल्काराजले अब आइतबार हुने फाइनलमा इटालीका जानिक सिन्नर र क्यानडाका फेलिक्स ओजे एलियासिमे बीचको सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया