×

इटालीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

images

इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुङ्गा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले आइतबार जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार एउटा डुङ्गामा सवार करिब २८ जना समुन्द्रमा हराइरहेका छन् भने अर्को डुङ्गामा सवार तीन जना बेपत्ता भएका छन् ।

ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुङ्गा फलामका थिए ।

आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताहरूले जीवित व्यक्तिहरूसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताउनुभयो । 

इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई समुद्र खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भएपनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन समुद्रको यात्रा गर्न लगाएको बताउनुभयो । 

उहाँले इटालियन सञ्चारमाध्यमसँग भन्नुभयो, “यो समुद्रबाट यात्रा गर्न जसले अनुमति दिन्छ वा जबरजस्ती गर्छ, त्यो बेइमान, अपराधी वा पागल हो ।”

आगामी केही दिन मौसमको प्रतिकूलताका कारण अशान्त समुद्रको पूर्वानुमान गरिएको छ ।

आइतबार​ २१ साउन २०८० ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया