×

काठमाडौं टोखाको सार्वजनिकस्थलमा धूमपान निषेध, सेवन गरेको पाईएमा कारबाही गरिँने 

images

काठमाडौं । टोखा नगरपालिकाको सार्वजनिकस्थलमा धूमपान निषेध गरिएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुनबमोजिम कारबाही गर्ने बताए ।

उनले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित)मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेका छन् । 

यदि अटेर गरी धूमपान सेवन गरेको पाईएमा उल्लेखित नीयम बमोजिम कारबाही गर्ने चेतावनी दिए । 

आइतबार​ २१ साउन २०८० ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया