×

एकैपटक पाँच सय आठ रेल बिसौनीको शिलान्यास

images

प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गर्नुभएको छ । 

भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उहाँले शिलान्यास गर्नुभएको हो । 

आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा  सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो । रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् । 

त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नका साथै विपक्षीहरूको आलोचना पनि गर्नुभयो । देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उहाँले बताउनुभयो । 

“देशले आधुनिक संसद् भवन बनाएको छ,  संसद् देशको लोकतन्त्रको प्रतीक हो । यसमा सत्तापक्ष र प्रतिपक्षको प्रतिनिधित्व छ  तर विपक्षीले नयाँ संसद् भवनको विरोधमात्र गरेन उद्घाटन कार्यक्रमलाई बहिष्कार  ग¥यो । 

हामीले कर्तव्य मार्गको पुनर्विकास गर्यौं तर उहाँहरूले त्यसको पनि विरोध गर्नुभयो,” विपक्षी राजनीतिक दलका नेताले नकारात्मकबाट माथि उठेर सकारात्मक राजनीतिको बाटोमा अगाडि बढ्नुपर्ने सुझाउँदै भन्नुभयो । 

विरोधमात्र गर्ने विपक्षीहरूलाई  लज्जा महसुस नभएको भन्दै प्रधानमन्त्रीले थप्नुभयो “सत्तरी वर्षसम्म उनीहरूले केही गरेनन् , देशका वीर शहीदहरूको सम्मानमा युद्ध स्मारक पनि बनाएनन् । हामीले राष्ट्रिय युद्ध स्मारक बनायौं, तिनीहरूले त्यसको पनि आलोचना गर्न पछि परेका छैनन् । 

राष्ट्रिय एकताका प्रतिमूर्ति सरदार वल्लभभाई पटेलको संसारको सबैभन्दा अग्लो भवन बनायौँ, त्यसमा प्रत्येक भारतीयलाई  गर्व छ तर केही राजनीतिक दलका ठूला नेताहरूमध्ये कसैले पनि उक्त मूर्ति भएको स्थानको भ्रमण गरेनन् ।”

आइतबार​ २१ साउन २०८० ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया