×

रास्वपाले चार मन्त्रालय लिने, गृहमा सभापति रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । पार्टी रविकै नेतृत्वमा सरकार जाने भएको हो । 

पार्टीका एक नेताले दिएको जानकारीअनुसार डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् । यस्तै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा  खेलकुदमन्त्री बन्दा‚ सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने पक्का भएका हुन् ।

बुधबार २२ फागुन २०८० ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया