×

सिटी जित्दा चेल्सी अझ संकटमा

images


लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई बिहीबार १–० ले हराउँदा त्यसको असर दुई फरक खाले रह्यो । सिटीले यो जितपछि लिगको शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी घटाएर पाँच अंकमा छोट्याएको छ ।
यसका लागि उसले स्टायनफोर्डमा भएको खेलमा संघर्ष गर्नु परेको थियो । सिटीका लागि खेलको ६३ औं मिनेटमा रियाद मेहराजले निर्णायक गोल गरे । ज्याक ग्रेलिसको क्रसलाई उनले पोस्टको दिशा दिए । यो जितपछि सिटीको १७ खेलबाट ३९ अंक भएको छ ।
समान खेल खेलेको आर्सनलको ४४ अंक छ । चेल्सी भने २५ अंकमा दसौं स्थानमा रहेको छ र उसको स्थिति नाजुक भएको छ । चेल्सी एक प्रकारले समस्यामा छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्न सम्भावना समाप्त जस्तै भइसकेको छ ।

शुक्रबार​ २२ पुस २०७९ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया